पुजार सार्की

सामाजिक नाटक, हास्य

निर्देशकदिनेश राउत
कलाकारहरुआर्यन सिग्देल, प्रदिप खड्का, पल साह, अन्जना बराईली, परिक्षा लिम्बु
प्रर्दशन मिति२०८१ जेठ १० गते
रन टाईम
२ घन्टा १८ मिनेट
भाषाNepali
निर्माताकिङ्गडम नेटवर्क
वितरकOSR DIGITAL 
कहाँ हेर्नेसिनेमा घर

पुजार सार्की
के तपाई अझै पनि नेपालको जातिय व्यवस्थामा विश्वास गर्नुहुन्छ ? तल्लो जात र माथील्लो जात मान्नु हुन्छ ? आजभोली तपाई दलित जातिको मानिसहरु सँग कस्तो व्यवहार गर्नुहुन्छ ?

पुजार सार्की चलचित्र एक विशुद्ध कलात्मक सृजना हो भन्न चाहन्छु । यस चलचित्र निर्माण कर्ताहरुले उत्कृष्ट काम गरेको पाए । हाम्रो आफ्नै मौलिक कथा बस्तुमा आधारित यो चलचित्रले नेपाली समाजको अध्यारो पाटोको चित्रण गर्न सफल भएको छ । हामी भन्ने त गर्दछौं हामी सबै समान छौं, हामी मानव प्राणी सबै एकै हौं, हाम्रो कुनै स्तर हुदैन तर वास्तविक व्यवहारमा हामी यसलाई ठीक सँग लागू गर्दैनौं । अहिले पनि पहिले जस्तै छुवाछुत तथा भेदभावको व्यवहार गरिरहेका छौँ । यो प्रथा निकैनै लामो समय देखि चलि आएको हो यसलाई पूणर्रुपमा हटाउन तेती सजिलो भने छैन है । यो जातिय हिंसा हटाउन यो चलचित्रले केहि हद सम्म समाजमा सकारात्मक भुमिका निर्वाह गर्ने देखीन्छ । परा पुर्वकाल देखि मानीआएको अन्धविश्वासलाई हामीले हाम्रै पुस्तामा निर्मुल पार्न पर्छ भन्ने सन्देश दिन यो चलचित्र सफल रहेको मान्दछु ।

यस चलचित्रमा वि.स. २०४६ साल देखिको नेपाली गाँउ समाजको चित्रण गरेको छ । तत्कालीन समयको समाज कस्तो थियो भन्ने म आफुले अनुभव गर्न नपाएता पनि तेस्को १ दशक भन्दा पछाडीको समय सम्म पनि जातिय विभेदको अवस्था भने चलचित्रमा देखाईएको जस्तै नै थियो भन्दा खासै फरक पर्दैन । पञ्चायत कालको समय म आफुले भने अनुभव गर्न पाईन तै पनि यस्तो थियो यस्तो व्यवस्था हुने गर्दथियो भन्ने चाँही सुनेको थिए ।

विगतमा कम्युनिष्टहरुले क्रान्ति सुरु गर्दा देखि नै क्रान्तिको नाममा जातिय व्यवस्थाको अन्त्यको नारा उठाएता पनि तिनीहरूले उक्त नारा केवल दलित समुदायका मानिसहरुलाई आश देखाई आफ्नो पार्टीको सदस्यता र बल बढाउन मात्र प्रयोग भएको देखिन्छ । बिस्तारै कम्युनिष्टहरु पनि अवसरवादी भई आफैले उठाएको आफ्नो सिद्धान्त विर्सीएको देखिएको छ । र हाल सम्म पनि जातिय विभेद भने पूणर् रुपमा निर्मुल भने भएको छैन ।

कुनै पनि चलचित्र एकदमै पूणर् हुनत असम्भव कुरा नै हो कमी कम्जोरी त सबैमा भई नै हाल्छ तर पनि नेपाली चलचित्र उद्योग बाट यतीको चलचित्र दर्शकले हेर्न पाउनु धेरै राम्रो कुरा हो । म पनि सोच्ने गर्दथे कि हाम्रो आफ्नै मौलीक कथाहरु प्रशस्तै छन् किन नेपाली चलचित्र कर्मीहरुले आफ्नो मौलिकता को विषयवस्तु उठाउदैनन् भनेर । यि जातिय मुद्धाको चित्रण यो पुजार सार्की चलचित्रले भने राम्रो संग पर्दामा उतार्न सक्षम रहेको छ ।

यो मल्टि स्टार भएको चलचित्र हो । मल्टि स्टार चलचित्र हुने वित्तीकै सबै जनाको पर्दाको समयम अवश्य नै बाँडीने हुन्छ यसमा आर्यन सिग्देल, प्रदिप खड्का, पल साह, अन्जना बराईली र परिक्षा लिम्बु मुख्य भुमिकामा रहेका छन् यसमा सबै जनाले आफुले पाएको जती भुमीका राम्रो संग प्रस्तुत गरेको छ । विशेष गरि प्रदिप खड्काको भुमीका र उनको प्रस्तुती अरुको भन्दा आकर्षित पार्ने रहेको छ । जब जब उनी पर्दामा देखीन्छन् रमाईलो लाग्ने र अझै हेरिरहन मन लाग्ने हुन्छ । यस चलचित्रको नराम्रो पक्ष भने खासै केहि रहेको छैन कहि कतै भएता पनि अन्य राम्रो पक्षले छोपी दिएको छ । यस चलचित्रको निर्देशन, कथा, पटकथा प्रशंसाको लायन नै रहेको छ । मलाई लागेको चाँहि कौडा गित यो चलचित्रमा नभए पनि खासै फरक पर्दैन थियो तर गित भने राम्रो नै छ । यो मात्र नभई सम्पूणर् एलबम नै राम्रो रहेको छ ।

यदि तपाईहरु संग समय छ र हाल एकै दिन जेठ १० गते देखि प्रर्दशनमा आएको २ चलचित्र पुजार सार्की र फर्की फर्की मध्ये कुन हेरौं भन्ने लागेको छ भने पुजार सार्की हेर्न सुझाव दिन चाहन्छु । यि २ चलचित्रले नै राम्रो सफलता हासिल गर्न सक्नेमा म विश्वस्त छु र आज १२ गते शनिबारको दिन सम्म राम्रो दर्शक को उपस्थिती २ चलचित्रले नै हासिल गरिरहेको छ । आज मैले यो चलचित्र हेर्दै गर्दा प्रदिप खड्कालाई प्रत्यक्ष देख्ने मौका पनि पाँए हुनत पहिला पनि भेट्ने अवसर मैले पाईसकेको थिए। आज उनको साथमा अन्जना बराईली र परिक्षा लिम्बु पनि सिनेमा हलमा उपस्थित भएका थिए ।
मौलिक नेपाली कथाबस्तु नभई केहि नयाँ विज्ञान कथा ( science fictional) कथाबस्तुमा आधारीत चलचित्र हेर्न चाहनुहुन्छ भने अनमोल केसीको “ फर्की फर्की ” चलचित्र हेर्न सक्नुहुनेछ । उक्त चलचित्रको समिक्षा विस्तारमा पढ्न चाँहनु हुन्छ भने यहाँ पढ्न सक्नु हुनेछ ।

*Spoiler warning*
अन्तमा, यस चलचित्रको समापन कतिपयलाई मन नर्पन सक्छ र के भयो भन्ने प्रश्न उठ्न सक्दछ । म आफैले हलबाट निस्कने बेला धेरैले के हो के हो भन्दै निस्केको सुने । यस चलचित्रमा अन्तिममा पुजार र मैतेको मृत्यु भएको नै हो र त्यस पछि पनि मेघराजले जातिय विवेभदको अभियानलाई पाटि बाहिर रहेर पनि जारी नै राखे र आज सम्म पनि उनि बृद्ध अवस्थामा पनि निरन्तर लागि नै परिरहेको छन् । किन भन्दा यो चलचित्रले तपाई हामिलाई प्रश्न गर्न चाहन्छ, के जातिय विभेदको अन्त्य भयो त ?

This Post Has One Comment

  1. Santosh

    I like this web site very much, Its a really nice to read

Leave a Reply